Logo

२०८३, आश्विन १०गते


images
images

मौसम पूर्वानुमान : गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा

मौसम पूर्वानुमान : गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा

images
  • मौसम पूर्वानुमान : गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको हिमाली भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भू-भागका थोरै स्थानमा स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।