काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशभर आंशिक बादल लागेको र दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भैरहेको जानकारी दिएको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology