Logo

२०८३, आश्विन ९गते


images
images

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

images
  • रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको बताएका छन् । उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहने सन्देश दिएका छन् ।

    images
    images
    images

    विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने जानकारी राजदूतले दिएका छन् ।

    images
    images
    images

    सो भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्पूर्व सूचना प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन तथा दुई देशबीच थप समन्वय गर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    राजदूत माओमिङले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।