Logo

२०८३, भाद्र १५गते


images
images

पाकिस्तानमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित, सिरिज २-० ले आफ्नो पक्षमा

पाकिस्तानमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित, सिरिज २-० ले आफ्नो पक्षमा

images
  • पाकिस्तानमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित, सिरिज २-० ले आफ्नो पक्षमा
    images
    images

    काठमाडौँ । इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा १९४ रनको शानदार जित हात पारेको छ । 

    images
    images
    images

    लर्ड्समा भएको खेलमा इंग्ल्यान्डले दिएको ३८९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५०.५ ओभरमा १९४ रनमै समेटिएपछि घरेलु टोली विजयी भएको हो ।

    images
    images
    images

    पाकिस्तानले अन्तिम दिन ३८९ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमै तीन विकेट गुमाएको थियो । टोली १४ रनमै तीन विकेट गुमाएर दबाबमा परेको थियो । त्यसपछि साउद शकीलले उत्कृष्ट ब्याटिङ गर्दै १२२ बलमा ९७ रन बनाएका थिए । उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । तर शतक पूरा गर्न तीन रनले चुकेका शकीललाई जोस टोङले आउट गरेपछि पाकिस्तानको जितको सम्भावना समाप्त भएको थियो ।

    images
    images
    images

    इंग्ल्यान्डका बलर ओली रोबिन्सनले दोस्रो इनिङमा १४ ओभरमा २४ रन दिएर चार विकेट लिएका थिए । उनले पहिलो इनिङमा पनि चार विकेट लिएका थिए । रोबिन्सनले खेलभर ३५ रन दिएर आठ विकेट लिएपछि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । जोफ्रा आर्चरले दुई तथा जोस टोङले तीन विकेट लिएका थिए ।

    यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा २९० रन बनाएको थियो । पाकिस्तान ११० रनमै समेटिएपछि इंग्ल्यान्डले दोस्रो इनिङमा २०८ रन बनाउँदै पाकिस्तानसामु ३८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । इंग्ल्यान्डका जेमी स्मिथले पहिलो इनिङमा ६१ रन बनाएका थिए भने डान लरेन्सले दोस्रो इनिङमा ५४ रन जोडेका थिए ।

    यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज २-० को अपराजित अग्रता बनाउँदै सिरिज आफ्नो पक्षमा पारेको छ । यसअघि हेडिङ्लेमा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानलाई एक इनिङ्स र १०३ रनले पराजित गरेको थियो ।

    अब सिरिजको तेस्रो तथा अन्तिम टेस्ट आगामी सेप्टेम्बर ९ देखि बर्मिङ्घमस्थित एजबेस्टनमा सुरु हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।