Logo

२०८३, भाद्र १५गते


images
images

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

images
  • सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्नुअघि बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको घोषणा गरेका छन् ।

    images
    images
    images

    लामिछानेले क्रिकेट सङ्घ नेपालबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन् । उनले प्रतियोगिताभर नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत थप १ हजार ५०० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन् ।

    images
    images
    images

    देश कठिन परिस्थितिबाट गुज्रिरहेको भए पनि मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउने प्रयास गर्ने लामिछानेले बताएका छन् ।

    images
    images
    images

    नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी प्रिमियर कपमा भोलि बहराइनसँग खेल्दैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।