Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

images
  • त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
    images
    images

    काठमाडौँ । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको छ। शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको छ।

    images
    images
    images

    सुरुङभित्र मानिस फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने काम अघि बढाएको हो ।

    images
    images
    images

    सुरुङको मुख खोल्न तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ।

    images
    images
    images

    यसैबीच उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी अवस्था हेरेपछि आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरुङ
  • # त्रिशूली–३
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।