Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी

बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने

बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने

images
  • बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

    images
    images
    images

    विपद् व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धार कार्यमा वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ ।

    images
    images
    images

    उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानमा आगो बालेर धुवाँ निकाल्दै उद्धार टोलीलाई संकेत गर्नसमेत अनुरोध गरिएको छ । 

    images
    images
    images

    यसैबीच, उद्धार तथा राहत कार्यलाई सहज बनाउन रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।

    प्राधिकरणले हेलिकोप्टरबाट उद्धार आवश्यक परे सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ । बाढीको जोखिम कायम रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन, उद्धार टोलीलाई आवश्यक सूचना दिन तथा आपतकालीन अवस्थामा माथि दिइएका सम्पर्क नम्बरमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

    आपतकालीन सम्पर्क नम्बर :

    रसुवा

    प्रमुख जिल्ला अधिकारी : ९८५१२७७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५११९४४२२
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५१२५२५०१
    सशस्त्र प्रहरी बल : ९८५१२७३२७५

    नुवाकोट

    प्रमुख जिल्ला अधिकारी : ९८५११४७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५१२४८७७७
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५१२५२५९९
    सशस्त्र प्रहरी बल : ९८५१२७२५३५

    धादिङ

    प्रमुख जिल्ला अधिकारी : ९८५१२४७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५११९६१३१
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५११९३२२१
    सशस्त्र प्रहरी बल : ९८५१२७२४११

    चितवन

    प्रमुख जिल्ला अधिकारी : ९८५५०१७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५५०८५५९१
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५५०१०९३३
    सशस्त्र प्रहरी बल : ९८५१२७२९३४

    गोरखा

    प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७५
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५६०९०२४४
    सशस्त्र प्रहरी बल : ९८५१२७३२७१

    तनहुँ

    प्रमुख जिल्ला अधिकारी : ९८५६०६७७७७
    सहायक प्रमुख जिल्ला अधिकारी : ९८५६००११११
    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
    नेपाल प्रहरी : ९८५६०९०१६५
    सशस्त्र प्रहरी बल : ९८५१२७२०९९

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।