Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

देवदहमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

images
  • देवदहमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र शीतलनगरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ ।

    images
    images
    images

    शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघर खस्ने समस्या र फिस्टुलासम्बन्धी परीक्षण गरिएको जनाइएको छ ।

    images
    images
    images

    शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण दुई विधिबाट गरिएको थियो । डीएनए विधिद्वारा ४४ जना र एचपीबी भिआइए विधिबाट ५१ जना महिलाको परीक्षण गरिएको स्वास्थ्य केन्द्र प्रमुख हेमलाल कुँवरले जानकारी दिए ।

    images
    images
    images

    परीक्षणका क्रममा एक जनामा स्तन क्यान्सरको शंका देखिएको छ । उनलाई थप परीक्षणका लागि रिफर गरिएको छ । दुई जनामा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    मेडिकल अधिकृत सुजन पौडेलको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको थियो । पौडेलले सहभागी महिलालाई पाठेघरको मुखको क्यान्सर कसरी लाग्छ, यसका लक्षण के हुन् र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए । उनले समयमै परीक्षण गराउन सके रोगको पहिचान र उपचारमा सहज हुने बताए ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले यस्ता कार्यक्रम प्रभावकारी रहेको बताए । विभिन्न संघसंस्थाको सहयोग प्राप्त भए नगरपालिकाका १२ वटै वडामा यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।  

    देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले आधुनिक विधिबाट गरिने परीक्षण महँगो भए पनि भरपर्दो रहेको बताइन् । समयमै भाइरसको पहिचान भए उपचार सम्भव हुने भएकाले नगरपालिकाले पनि यसतर्फ ध्यान दिने उनले बताइन् ।

    उनले सन् २०३० सम्म १० देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई खोप दिने, ३० देखि ५९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलाको पाठेघरको मुखको परीक्षण गर्ने र रोग पहिचान भएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई उपचारको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

    वडा नम्बर ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नर्सिङ अधिकृत माया पुन, देवदह नगर अस्पतालकी मिनु पुन, जनस्वास्थ्य निरीक्षक गिरी त्रामुको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।