देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा अंग्रेजी हिज्जे तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा शुक्रबार कक्षा १ देखि २ सम्म कक्षागत अंग्रेजी हिज्जे तथा कक्षा ३ देखि ५ सम्म अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।
कक्षागत अंग्रेजी हिज्जे प्रतियोगिताअन्तर्गत कक्षा १ का आहाना सुवेदी प्रथम, प्रियन काफ्ले द्वितीय र साम्राज्ञी क्षेत्री तृतीय भएका छन् । त्यसैगरी कक्षा २ की नाइजल बस्याल प्रथम, श्रृष्टिका बस्याल द्वितीय र प्रिन्सा चापागाईं तृतीय भएका छन् ।
अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगितामा हरियो सदनका गुन्जन तिवारी, शुभम दुबे र ग्रिस ज्ञवालीको टोली प्रथम भएको छ । निलो सदनका आयुष भुर्तेल, माहिका पौडेल र युजल गौतमको टोली द्वितीय भएको छ भने रातो सदनका युविक अधिकारी, सदिक्षा भण्डारी र जस्मिन दर्लामीको टोली तृतीय भएको विद्यालयले जनाएको छ ।
कार्यक्रम विद्यालयका प्राचार्य मनोजकुमार गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक समीर डुम्रेले गरेका थिए भने सोनिया खनाल कार्यक्रम संयोजक रहेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology