काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ ।
आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिलाई निर्वाचित कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउन सकिने व्यवस्था अर्थात् राइट टु रिकलसम्बन्धी दस्तावेज तयार गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology