बुटवल । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९-८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् ।
आदरणीय सबै सञ्चारकर्मी एवं सबै प्रदेशबासी जनसमुदायहरुमा
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८९/०८० को बार्षिक बजेट भाषण लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला एवं सहकारी मन्त्री कृष्णध्वज खड्काबाट प्रदेशसभा भवन मुकाम बुटवलमा ठीक दिउसो ४ बजे गर्दैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology