Logo

२०८३, आश्विन १०गते


images
images

सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

images
  • सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
    images
    images

    पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    माथिबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । पहिरो पन्छाएर सडक खुलाउन दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको छ ।

    images
    images
    images

    पहिरो पन्छाउन जेसिबी तयारी अवस्थामा राखिएको र पहिरो खस्न रोकिएलगत्तै सडक खुलाउने काम सुरु गरिने प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई जोखिम मोलेर अघि नबढ्न प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिद्धबाबा सुरुङमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।