Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल वैरागनाथ मन्दिर महायज्ञ : पाँचौं दिनसम्म १९ लाख ७८ हजार नगद संकलन

सुनवल वैरागनाथ मन्दिर महायज्ञ : पाँचौं दिनसम्म १९ लाख ७८ हजार नगद संकलन

images
  • सुनवल वैरागनाथ मन्दिर महायज्ञ : पाँचौं दिनसम्म १९ लाख ७८ हजार नगद संकलन
    images
    images

    नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–८ स्थित वैरागनाथ मन्दिरमा मन्दिर पूर्वाधार विकास सहयोगार्थ सञ्चालन भइरहेको ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती–२०८३’ मा पाचौं दिनसम्म १९ लाख ७८ हजार रुपैयाँ नगद संकलन भएको छ ।

    images
    images
    images

    श्रावण २८ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने धार्मिक कार्यक्रममा भक्तजन तथा दाताबाट निरन्तर सहयोग प्राप्त भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गंगादत्त भण्डारीले जानकारी दिए । उनले मन्दिरको पूर्वाधार विकासका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दिनप्रतिदिन भक्तजन तथा दाताको सहभागिता बढिरहेको बताए ।

    images
    images
    images

    यसअघि चौथो दिनसम्म ९ लाख ९७ हजार ७ सय रुपैयाँ संकलन भएकोमा त्यसयता थप सहयोग प्राप्त भई पाचौं दिनसम्म नगद संकलन १९ लाख ७८ हजार रुपैयाँ पुगेको हो । दानदाता तथा भक्तजनबाट सहयोग आउने क्रम अझै जारी रहेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा श्रीमद्भागवत कथावाचन, संगीतमय भजन–कीर्तन, श्रृङ्गारिक महाआरती तथा विभिन्न वैदिक अनुष्ठान सञ्चालन भइरहेका छन् । कथावाचक पण्डित चन्द्रकान्त काफ्लेबाट संगीतमय श्रीमद्भागवत कथा वाचन भइरहेको छ ।

    आयोजकका अनुसार दैनिक बिहान यज्ञमण्डप पूजा, बेलपत्र तथा रुद्राक्ष अर्पण, पाठ पारायण, श्रीमद्भागवत कथावाचन, झाँकीसहित भजन–कीर्तन तथा प्रसाद वितरण हुँदै आएको छ । साँझ श्रृङ्गारिक महाआरती र भजन–कीर्तन सञ्चालन हुँदै आएको छ ।

    भक्तजनको इच्छाअनुसार ग्रहशान्ति, रुद्राभिषेक, लक्ष्यवर्ती तथा अन्य वैदिक कर्मकाण्डसमेत सञ्चालन गरिएका छन् । विभिन्न सेवा तथा दानका शीर्षकमार्फत भक्तजनले मन्दिरको पूर्वाधार विकासका लागि सहयोग गरिरहेका छन् ।

    वैरागनाथ मन्दिर सत्ययुगकालीन धार्मिक महत्व बोकेको स्थलका रूपमा परिचित छ । भगवान् शिव सतीदेवीको मृत्युपछि वैरागी भएर सोही स्थानमा आएर बसेको मान्यताका आधारमा मन्दिरको नाम वैरागनाथ रहन गएको स्थानीयहरू बताउँछन् ।

    मन्दिरमा श्रावण महिना, महाशिवरात्रि तथा अक्षय तृतीयाका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैरागनाथ मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।