Logo

२०८३, भाद्र १गते


images
images

सुनवलको वैरागनाथ मन्दिर महायज्ञमा चौथो दिनसम्म करिब १० लाख संकलन

सुनवलको वैरागनाथ मन्दिर महायज्ञमा चौथो दिनसम्म करिब १० लाख संकलन

images
  • सुनवलको वैरागनाथ मन्दिर महायज्ञमा चौथो दिनसम्म करिब १० लाख संकलन
    images
    images

    नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–८ स्थित वैरागनाथ मन्दिरमा मन्दिर पूर्वाधार विकास सहयोगार्थ सञ्चालन भइरहेको ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती–२०८३’ मा चौथो दिनसम्म ९ लाख ९७ हजार ७ सय रुपैयाँ संकलन भएको छ ।

    images
    images
    images

    वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रावण २८ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा भक्तजन तथा दाताबाट उक्त रकम संकलन भएको मन्दिरका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गंगादत्त भण्डारीले जानकारी दिए  । 'मन्दिरको पूर्वाधार विकासका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनको सहभागिता बढिरहेको छ' उनले भने  ।

    images
    images
    images

    यज्ञमा श्रीमद्भागवत कथावाचन, संगीतमय भजन–कीर्तन, श्रृङ्गारिक महाआरती तथा विभिन्न वैदिक अनुष्ठान सञ्चालन भइरहेका छन् ।

    images
    images
    images

    कथावाचक पण्डित चन्द्रकान्त काफ्लेबाट संगीतमय श्रीमद्भागवत कथा वाचन भइरहेको छ ।

    आयोजकका अनुसार प्रत्येक दिन बिहान यज्ञमण्डप पूजा, बेलपत्र तथा रुद्राक्ष अर्पण, पाठ पारायण, श्रीमद्भागवत कथावाचन, झाँकीसहित भजन–कीर्तन तथा प्रसाद वितरण हुँदै आएको छ । प्रत्येक साँझ श्रृङ्गारिक महाआरती र भजन–कीर्तनसमेत सञ्चालन हुँदै आएको छ ।

    कार्यक्रममा भक्तजनको इच्छाअनुसार ग्रहशान्ति, रुद्राभिषेक, लक्ष्यवर्ती तथा अन्य वैदिक कर्मकाण्डसमेत सञ्चालन गरिएका छन् । विभिन्न सेवा तथा दानका शीर्षकमार्फत भक्तजनले मन्दिरको पूर्वाधार विकासका लागि सहयोग गरिरहेका छन् ।

    वैरागनाथ मन्दिर सत्ययुगकालीन धार्मिक महत्व बोकेको स्थलका रूपमा परिचित छ । 'भगवान शिव' सतीदेवीको मृत्युपछि बैरागीएर सोही स्थानमा आएर बसेको हुनाले बैरागनाथ मन्दिर भनिएको स्थानीयहरू बताउँछन  ।

    मन्दिरमा श्रावण महिना, महाशिवरात्रि तथा अक्षय तृतीयाका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन यहाँ दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।

    यी हुन महायज्ञमा हालसम्म ५० हजारभन्दा धेरै दानदिने व्यक्तिहरू : 

    १. कृष्णबहादुर कार्की, सुनवल–८ : १,२५,१११ रुपैयाँ
    २. लोकबहादुर केसी, सुनवल–८ : १,११,१११ रुपैयाँ
    ३. रेवतीदेवी लामिछाने, सुनवल–७ : १,११,१११ रुपैयाँ
    ४. गंगा दत्त भण्डारी, सुनवल–८ : १,०१,१११ रुपैयाँ
    ५. रामशरण पण्डित, सुनवल–८ : ७५,००० रुपैयाँ
    ६. तारा भुसाल, सुनवल–८ : ५५,५५५ रुपैयाँ
    ७. कृतिमान तामाङ, सुनवल–८ : ५५,५५५ रुपैयाँ
    ८. दीपक शर्मा लम्साल, देवदह : ५५,५५५ रुपैयाँ
    ९. होमनाथ आचार्य, सुनवल–८ : ५५,५५५ रुपैयाँ
    १०. लक्ष्मी लम्साल, सुनवल–८ : ५५,५५५ रुपैयाँ
    ११. बोधराज गौडेल, देवदह : ५१,००० रुपैयाँ
    १२. दिपक नेपाल, देवदह–१ : ५०,१५५ रुपैयाँ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैरागनाथ मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।