Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

images
  • नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो ।

    images
    images
    images

    नेपाल टेलिकमको चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यस वर्ष सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो ।

    images
    images
    images

    त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो। कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधन अघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढी हो।

    त्यस्तै, कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर अघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसमा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।

    कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ। तर, मोबाइल सेवातर्फको आम्दानी ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेका कारण कुल आम्दानी वृद्धि भएको हो ।

    नेपाल टेलिकमले बढी लागत लाग्ने र प्रतिफल कम हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ । कम्पनीले देशभर सञ्चार सेवा विस्तार गर्ने जिम्मेवारीअनुसार यस्ता क्षेत्रमा समेत सेवा पुर्‍याउँदै आएको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।