Logo

२०८३, आश्विन ११गते


images
images

पश्चिम नवलपरासीमा जोखिमको पुर्व तयारीका लागि प्रयोगात्मक अभ्यास

पश्चिम नवलपरासीमा जोखिमको पुर्व तयारीका लागि प्रयोगात्मक अभ्यास

images
  • सेतोमसी सहकर्मी
  • पश्चिम नवलपरासीमा जोखिमको पुर्व तयारीका लागि प्रयोगात्मक अभ्यास
    images
    images

    सुरेश यादव, नवलपरासी । बाढीका कारण  हुने क्षति न्युनिकरणका लागी आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा त्यस्ता बाढिबाट कसरी बाच्ने र बचाउने जस्ता जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ । नवलपरासीको सेनाको आयोजनामा  र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास प्रस्तुत गरेका थिए । received_705201857369083.jpeg

    images
    images
    images

    घरायसी प्रयोगका सामाग्री मार्फत पनि बाढीमा डुब्न बाट कसरी बच्न सकिन्छ भन्ने बारे सेनाको अभ्यास टोलीले स्थानियहरुलाई जानकारी दियो ।

    images
    images
    images

    बाढी र डुबानको जोखिमले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले स्थानियलाई समेत सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    गरिएको प्रयोगात्मक अभ्यासबाट सुरक्षा निकायलाई राहत र उद्दारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

    उक्त कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित सुरक्षाका निकायका प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।