देवदह । देवदह -७ स्थित ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयमा शुक्रवारे कार्यक्रमअन्तर्गत विभिन्न कक्षाका विद्यार्थीबीच क्विज तथा पावर प्वाइन्ट प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीको ज्ञान, सिर्जनशीलता, आत्मविश्वास तथा प्रस्तुतीकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कक्षा २–३ तर्फको क्विज प्रतियोगितामा धौलागिरी सदन प्रथम भएको छ । प्रथम टोलीमा ईशान पाण्डे, सूर्यानी घिमिरे, एरिक वि.क र कृषा कोइराला रहेका थिए ।
प्रतियोगितामा गण्डकी सदन द्वितीय भएको छ । द्वितीय टोलीमा मिसन परियार, सिमोना थापा, सायरा थारु र नियान भुषाल रहेका थिए ।
त्यस्तै, कक्षा ४–५ तर्फको क्विज प्रतियोगितामा लुम्बिनी सदन प्रथम र नारायणी सदन द्वितीय भएका छन् । लुम्बिनी सदनबाट दर्शना अधिकारी, अल्बिन न्यौपाने,एन्जिस मल्ल र पवन पौडेल सहभागी थिए भने नारायणी सदनबाट अर्पन खनाल, प्रश्री तिवारी, आयरा पराजुली र अधिस काफ्ले सहभागी थिए ।
कक्षा ७ तर्फको पावर प्वाइन्ट प्रिजेन्टेसन प्रतियोगितामा इटा समूहबाट संस्कृति पाण्डे, अभिज्ञ पोखरेल र पुजन पाण्डे सहभागी थिए । ठेटा समूहबाट सन्दिप भट्टराई , जिटा समूहबाट नन्दिता गौतम र चान्द थापा र लाम्दा समूहबाट आयुष गिरी, प्रिन्स भुषाल सहभागी थिए ।
कक्षा ८ तर्फ न्युटन समूहबाट हिमान्शु सापकोटा, शुभम अधिकारी र उज्ज्वल डुम्रे, डार्विन समूहबाट सुमित गैरे र आइन्स्टाइन समूहबाट सौरभ कुमाल सहभागी भएका थिए ।
त्यस्तै, कक्षा ९ तर्फ फेवा समूहबाट आदित्य डुम्रे र वर्षा पौडेल, रारा समूहबाट रुबल क्षेत्री र ऋतु तिवारी, तिलिचो समूहबाट सौरभ अधिकारी र सोनिया बश्यालले पावर प्वाइन्ट प्रिजेन्टेसन गरेका थिए ।
विद्यालयमा नियमित सञ्चालन हुँदै आएको शुक्रवारे कार्यक्रममार्फत विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित सिकाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै ज्ञान, सीप र व्यक्तित्व विकासमा जोड दिइएको विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology