Logo

२०८३, आश्विन १०गते


images
images

देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित

देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित

images
  • देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित
    images
    images

    काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । शुक्रबार बिहान ७ बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

    images
    images
    images

    काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारीसाधनको रातिको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म आवागमन सञ्चालन हुने व्यवस्था गरिएको छ।

    images
    images
    images

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ।

    images
    images
    images

    इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। २०८३ असार २३ गते बिहान १० बजेतिर वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था बनेको हो। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको जनाइएको छ।

    सिन्धुपाल्चोकमा अरनिको राजमार्गका विभिन्न स्थान पूर्ण रूपमा अवरुद्ध भएका छन्। भोटेकोशी गाउँपालिका–४ चारकिलोमा २०८३ असार ३१ गते बिहान ८ः३० बजे सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

    भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा २०८३ साउन १ गते बिहान ११ बजे इकु पहिरोबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, भोटेकोशी गाउँपालिका–२ लिपिङस्थित अरनिको राजमार्गमा २०८३ साउन १९ गते बिहान १०ः४० बजे सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। २०८३ साउन ८ गते बिहान करिब ८ बजे त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साउन ६ गते बिहान ९ः४० बजे सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक बन्द भएको हो । रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साउन २७ गते साँझ ५ बजे सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो।

    लमजुङमा मध्यपहाडी लोकमार्ग र बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा २०८३ साउन २८ गते राति करिब ८ बजे अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। त्यस्तै, बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडकखण्डमा साउन २८ गते राति करिब ९ः४० बजे अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान करिब ५ः३० बजे रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडकखण्डमा लेदोमाटोसहितको पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा बन्द भएको हो।

    यसैगरी, धादिङको थाक्रे गाउँपालिका–६ आठकिल्लास्थित पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान २: १५ बजे वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो ।

    वर्षा निरन्तर भइरहेकाले अन्य सडकखण्डमा समेत पहिरो तथा बाढीको जोखिम रहेको र अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजमार्ग अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।