Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा छिर्ने सबै राजमार्ग अवरुद्ध

पोखरा छिर्ने सबै राजमार्ग अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • पोखरा छिर्ने सबै  राजमार्ग अवरुद्ध
    फाइल फोटो
    images
    images

    राजेश पराजुली,पोखरा । पोखरा । निरन्तरको वर्षाका कारण आएको पहिरोको कारण पोखरा संग जोडिएको तीन वटै राजमार्ग अवरुद्ध भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग अवरुद्ध भएको हो । पृथ्वी राजमार्ग तनहुँको म्याग्दे ४ स्थित मनहरा सडक खण्डमा तीन वटा बस र ट्रक फस्दा बाटो अवरुद्ध भएको हो ।

    images
    images
    images

      विहान ६ः५० देखि अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । सिद्धार्थ राजमार्गको वालिङ र गल्याङ सडक खण्डको ठाउँ ठाउँमा गएको पहिरोले सडक अवरुद्ध छ ।

    images
    images
    images

      बिहान ६ बजेदेखि नै सो राजमार्ग अवरुद्ध रहेको प्रवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार वालिङ ८ को ओम शान्ति नजिक, वालिङ १० को मोदी खोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुङ चिलामा आएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो । यसैगरी भूपी शेरचन राजमार्गको मालढुंगा-बेनी सडक पनि बिहान ५ः५० देखि अवरुद्ध भएको छ ।

    images
    images
    images

     पहिरोकै कारण उक्त सडक खण्ड अवरुद्ध भएको एसएसपी रेग्मीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएका सबै ठाउँमा सडक खुलाउने प्रयास जारी छ । निरन्तर वर्षा भइरहेको र अवरोध हटाउन पनि कठिन रहेको उनले जानकारी दिए । साथै अरू स्थानमा पनि पहिरो जानसक्ने जोखिम रहेको उनले सुनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजमार्ग अवरुद्ध
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।