Logo

२०८३, आश्विन ९गते


images
images

जापानले खेतीपातीमा रोबोट र आधुनिक प्रविधिको प्रयोग बढाउँदै

जापानले खेतीपातीमा रोबोट र आधुनिक प्रविधिको प्रयोग बढाउँदै

images
  • जापानले खेतीपातीमा रोबोट र आधुनिक प्रविधिको प्रयोग बढाउँदै
    images
    images

    काठमाडौँ । घट्दो जनसंख्या, गाउँबाट युवाको पलायन र किसानको बढ्दो उमेरका कारण जापानको ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव गम्भीर बन्दै गएको छ । यस्तो अवस्थामा जापानले खेतीपातीमा रोबोट र आधुनिक प्रविधिको प्रयोग बढाउन थालेको छ ।

    images
    images
    images

    यामागाता प्रान्तको निशिकावा नगरमा किसानको औसत उमेर करिब ७३ वर्ष पुगेको छ । पर्याप्त श्रमिक नहुँदा यहाँ फलफूल टिप्ने, उत्पादन प्याक गर्ने तथा खेतको निगरानी गर्ने काममा रोबोटको प्रयोग हुन थालेको छ । खेतमा प्रवेश गर्ने भालुलाई टाढा राख्नसमेत प्रविधिको प्रयोग भइरहेको छ । यसबाट वृद्ध किसानलाई कामको बोझ कम हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा रोबोटको प्रयोगले श्रमिक अभावको समस्या मात्र समाधान गर्ने नभई वृद्ध किसानलाई लामो समयसम्म खेतीमा टिकाइराख्न पनि सहयोग गर्न सक्ने स्थानीय अधिकारीहरूको विश्वास छ ।

    images
    images
    images

    जापानको ग्रामीण क्षेत्रबाट युवाको पलायन लामो समयदेखि बढिरहेको छ । जन्मदर पनि निरन्तर घटिरहेको छ। सन् २०२५ मा जन्मदर ऐतिहासिक रूपमा न्यून तहमा पुगेको र जनसंख्या घट्ने क्रम जारी रहेमा सन् २०६० सम्म जापानको जनसंख्या १० करोडभन्दा तल झर्न सक्ने अनुमान गरिएको छ । यसले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव अझ बढाउने चिन्ता छ ।

    images
    images
    images

    निशिकावा नगरका नगरप्रमुख दाइशी कानोले श्रमिक अभाव समाधान गर्न आधुनिक कृषि प्रविधिमा सहुलियत दिने कार्यक्रम शुरु गरेका छन् । स्थानीय तहले प्रविधिको प्रयोगमार्फत वृद्ध किसानलाई सहयोग गर्ने र ग्रामीण क्षेत्रमा कृषि गतिविधि निरन्तर राख्ने प्रयास गरिरहेको छ ।

    विशेषगरी फलफूल खेतीमा निश्चित समयमा ठूलो संख्यामा श्रमिक आवश्यक पर्ने भएकाले श्रमिक नपाउँदा किसानले ठूलो समस्या भोग्दै आएका छन्। यस्तो अवस्थामा मानिसको संख्या कम भए पनि प्रविधिको सहायताबाट उत्पादनलाई निरन्तरता दिन सकिने सम्भावना देखिएको छ।

    जापानले अहिले ग्रामीण अर्थतन्त्र जोगाउन दुईवटा बाटो एकसाथ अघि बढाइरहेको देखिन्छ । पहिलो, विदेशी श्रमिकलाई आकर्षित गरेर जनशक्तिको अभाव पूर्ति गर्ने र दोस्रो, मानिसले गर्नुपर्ने कामलाई प्रविधि तथा रोबोटमार्फत गराउने । तर यो परिवर्तन सजिलो छैन। रोबोट तथा आधुनिक कृषि उपकरण निर्माण र सञ्चालनमा ठूलो लगानी आवश्यक हुन्छ। वृद्ध किसानलाई नयाँ प्रविधि प्रयोग गर्न सिकाउनुपर्ने चुनौती पनि छ । त्यसका बाबजुद जापानका लागि विकल्प सीमित हुँदै गएको छ। जन्मदर घटिरहेको, युवापुस्ता सहरतर्फ आकर्षित भइरहेको र ग्रामीण क्षेत्रमा किसानको औसत उमेर बढिरहेको अवस्थामा परम्परागत श्रममा मात्र निर्भर भएर कृषि क्षेत्र सञ्चालन गर्न कठिन हुँदै गएको छ।

    त्यसैले जापानको ग्रामीण क्षेत्रमा देखिएको रोबोट खेती भविष्यको कृषि प्रणालीको एउटा संकेतका रूपमा हेरिन थालेको छ। मानिसको संख्या घट्दै गए पनि प्रविधिको सहायताले खेत बाँझो हुन नदिने, उत्पादन कायम राख्ने र वृद्ध किसानलाई सहयोग गर्ने प्रयास अब जापानको ग्रामीण जीवनको महत्वपूर्ण हिस्सा बन्न थालेको छ ।

    जापानले सामना गरिरहेको यो अवस्था अन्य घट्दो जनसंख्या भएका मुलुकका लागि पनि महत्वपूर्ण उदाहरण बन्न सक्छ । जनसंख्या घट्दै जाँदा कृषि र ग्रामीण अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने प्रश्नको एउटा सम्भावित उत्तर जापानले प्रविधि, रोबोट र विदेशी श्रमिकको संयोजनबाट खोजिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।