Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

राप्रपा देवदहले कोभिडका बिरामी नि:शुल्क अस्पताल पुर्याउने (सम्पर्क नम्बर सहित)

राप्रपा देवदहले कोभिडका बिरामी नि:शुल्क अस्पताल पुर्याउने (सम्पर्क नम्बर सहित)

images
  • राप्रपा देवदहले कोभिडका बिरामी नि:शुल्क अस्पताल पुर्याउने (सम्पर्क नम्बर सहित)
    images
    images

    देवदह । आज एकातिर कोभिड -१९ को महामारीले जनजीवन अस्तब्यस्त बनाइरहेको अवस्था छ भने अर्कोतिर देशका मुख्य राजनीतिक दल र तिनका शिर्ष नेताहरु सत्ताको छिनाझम्टिमै लडिरहेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । अस्पतालसम्म पुग्ने साधन नपाएर एकातिर बिरामीहरु घरमै छटपटिएर मर्नु पर्ने अवस्था कायम छ भने अर्कोतिर अस्पतालमा बेडको उत्तिकै हाहाकार छ । यसरी हेर्दा अवस्था दिनानुदिन नाजुक हुँदै गएको छ ।

    images
    images
    images

    यद्यपि राप्रपा नेपाल देवदहले भने राजनीति भन्दामाथी उठेर आफ्नो समाजप्रतिको मानवीय र सामाजिक दायित्व पूरा गर्ने प्रयत्न गरेको छ । राप्रपा देवदहले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउने उद्देश्यले यातायातको साधन उपलब्ध गराउने भएको हो ।

    images
    images
    images

    मुख्यत: देवदहका कुनैपनी वडामा बस्ने शारीरिक रुपमा अशक्तहरुकोलागि निशुल्क ब्यबस्था गरिएको उक्त गाडी संभव भएसम्म जति सक्यो धेरै जनतालाइ सेवा प्रदान गर्ने उद्देश्य रहेको बताउँदै अस्पतालसम्म पुग्न नसकेकै कारण कुनै पनि ब्यक्तीले ज्यान गुमाउन नपरोस् भनेर नै यातायातको व्यवस्था गरिएको नगर पार्टी अध्यक्ष माधव रिमालले बताए ।IMG-20210506-WA0021.jpg

    images
    images
    images

    त्यसैगरि सेतोमसीसंग कुरा गर्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तोयनाथ लम्सालले जनप्रतिनिधिहरुले जनताको करबाट किनेको गाडी यस्तो अवस्थामा जनताकै सेवामा लगाउनु पर्नेमा झण्डा हल्लाउँदै हिड्नु लज्जाजनक रहेको बताउँदै महामारीको यो जटिल परिस्थितिमा राज्यका तीन तहकै सरकारले राज्यको सबै साधन र श्रोतको परिचालन यस महामारीबाट जनतालाइ मुक्त गर्ने काममा लगाउनु पर्नेमा त्यसो नभएको बताए ।

    देवदहकै भलुहीमा संचालित रेन्बो एकेडेमी नामको एक स्कुलको बच्चा बोक्ने भ्यानलाइ राप्रपा  नेपालले कोभिडका बिरामी बोक्ने साधनको रुपमा प्रयोग गर्न लागेको हो ।त्यसको लागि पार्टीले स्कुललाई भाडा वापतको सानो रकम उपलब्ध गराउने र जनतालाइ नि:शुल्क  सेवा प्रदान गर्ने पार्टी क्षेत्र न १ (क) का अध्यक्ष हेमलाल गौतम बताए ।

    भ्यान चलाउनका लागि तीन जनाको चालक दल समेत बनाइएको छ । जसमा रमेश पौडेल, किरण गौतम र चन्द्र कुवंर रहेका छन् ।

    उक्त कार्यमा राष्ट्रिय प्रजातान्त्रिक युवा संघका केन्द्रीय सदस्य यज्ञ प्रसाद तिवारी, राप्रपा देवदह नगर सचिव कोमल पाण्डे, सह सचिव शशी भण्डारी तथा सम्पुर्ण नगर समिती र हरेक वडा समितीका पदाधिकारीको सक्रिय भुमिका रहने समेत पार्टीले जनाएको छ ।

    महत्वपूर्ण सम्पर्क नम्बरहरु: 

    चालक सदस्यहरु:

    रमेश पौडेल - ९८५७०७५१६१
    किरण गौतम - ९८६०३४८५८१
    चन्द्र कुँबर - ९८१७४७१५६३

    अन्य सम्पर्क व्यक्तिहरु: 

    तोयानाथ लम्साल - ९८२१४४६१२५
    हेमलाल गौतम - ९८४३८०५६६६
    माधव प्रसाद रिमाल - ९८५७०३४१४३
    वज्ञ प्रसाद तिवारी- ९८५७०३२१३३
    लक्ष्मण प्रसाद बार - ९८०७४२८८५२
    लाल बहादुर ठकुरी - ९८६७४५६१०६
    प्रेमनारायण केवट- ९८४४७१२८४५
    शशी भण्डारी- ९८५८६६८३१०
    धनराज भुर्तल - ९८४४७१०१४७
    कमल न्यौपाल - ९८४११०४५००
    अर्जुन सुतार - ९८२६४०४४५६
    धनाद यादव - ९८०६५८१४८०

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।