देवदह । रुपन्देहीको देवदह-७ स्थित देवदह इङ्लिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच खुला हाजिरीजवाफ प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
विद्यार्थीमा सामान्य ज्ञानको अभिवृद्धि, तार्किक तथा विश्लेषणात्मक क्षमता विकास, आत्मविश्वास वृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ । विभिन्न कक्षाका विद्यार्थीलाई समेटेर १५ समूह सहभागी भएको प्रतियोगिता रोचक र प्रतिस्पर्धात्मक बनेको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूको उत्साहपूर्वक उत्तर दिएका थिए । प्रतियोगिताले विद्यार्थीमा ज्ञान आर्जन गर्ने, तत्काल सोचेर उत्तर दिने तथा समूहमा सहकार्य गर्ने क्षमताको विकासमा समेत टेवा पुगेको विद्यालयको विश्वास छ ।
प्रतियोगितामा लक्ष्मी तिवारी, कृतिम थापा र अनुष्का पाण्डेको समूह प्रथम, प्रत्युष्या बोहोरा, सिजन हमाल र सम्योग भट्टराईको समूह द्वितीय तथा आवाश कुँवर, दीक्षान्त पाण्डे र जीविका बस्यालको समूह तृतीय भएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको सञ्चालन समीर डुम्रेले गरेका थिए भने संयोजन सोनिया खनालले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology