देवदह । देवदह नगरपालिकाका वडा नं. ५ ले पूर्ण सरसफाइयुक्त वडा अभियान सुरू गरेको छ । आइतबार एक कार्यक्रमविच अभियानको औपचारिक सुरुवात गरिएको हो । ६२ हप्ताभित्र देवदह ५ लाई पूर्ण सरसफाइयुक्त वडा बनाईने वडा कार्यालयले जनाएको छ ।
विश्व बाताबरण दिवसको अवसर पारेर सुरु गरिएको उक्त अभियानको क्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरप्रमुख ध्रुब प्रसाद खरेल तथा वडा अध्यक्ष गणेश डुम्रे लगायतले सभ्य समाजको पहिचान सरसफाई हुने भएको सबैले उक्त अभियानमा सहयोग गर्न अनुरोध गरेका थिए ।
उक्त अभियानमा देवदहमा संचालित संघसंस्था, टोल बिकास संस्था , आमा समूह, सम्पुर्ण राजनीतिक दल, देवदह प्रेस क्लब, देवदह ब्यापार संघ, उद्योग बाणिज्य संघ देवदह, उद्योग ब्यापार संघ देवदह, कामना सेवा विकास बैंक, ग्लोबल आ एम इ बैंक,, स्वास्थ स्वयं सेविका, रोटरी क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह, रोट्र्याक क्लब अफ तिलोत्तमा देवदह, देवदह बुद्ध पब्लिक इ बो स्कुल, लुम्बिनी इ बो स्कुल,देवदह, मदरट्ङ् एकेडमी, बुद्ध सामुदायिक बन तथा जनप्रतिनिधिहरूको सक्रिय सहयोग रहेको वडा अध्यक्ष गणेश डुम्रेले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology