Logo

२०८३, आश्विन ९गते


images
images

करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी

करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी

images
  • करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी
    images
    images

    काठमाडौँ । म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ  सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् ।

    images
    images
    images

    सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ ।

    images
    images
    images

    सैन्य सरकारले भेट सोमबार बिहान भएको जानकारी दिएको भए पनि भेट कहाँ भएको थियो र के–कस्ता विषयमा छलफल भयो भन्ने खुलाएको छैन ।

    images
    images
    images

    सार्वजनिक गरिएका तस्वीरमा ८१औँ जन्मदिनको अवसरमा सुकीले केक काटिरहेको दृश्य पनि देखिएको छ । तस्वीरमा उनी मुस्कुराएको र सामान्य अवस्थामा देखिए पनि उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुकीलाई पक्राउ गरिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी थिइन् भने बाहिरी संसारसँगको सम्पर्क पनि अत्यन्त सीमित रहँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।