Logo

२०८३, कार्तिक २७गते


images
images

मुग्लिन–नारायणगढ सडकमा तीन स्थानमा ढुंगा र लेदो खस्यो, एकतर्फी सवारी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकमा तीन स्थानमा ढुंगा र लेदो खस्यो, एकतर्फी सवारी सञ्चालनमा

images
  • मुग्लिन–नारायणगढ सडकमा तीन स्थानमा ढुंगा र लेदो खस्यो, एकतर्फी सवारी सञ्चालनमा
    images

    चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलाको पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो ।

    images
    images
    images

    डिभिजनका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुंगा खसेको छ भने सिमलताल क्षेत्रमा माथिबाट बगेको लेदो सडकमा थुप्रिएपछि सडक एकतर्फी मात्र सञ्चालन गर्नुपरेको हो ।

    images
    images

    पहिरो हटाउन सडक डिभिजनले आवश्यक डोजर तथा अन्य उपकरण परिचालन गरिसकेको जनाएको छ । थप पहिरो नझरेको अवस्थामा करिब एक घण्टाभित्र सडक दुवैतर्फी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    सडक डिभिजनले वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायम रहेको जनाएको छ । त्यसैले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न सबै सवारी चालक तथा यात्रुलाई अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।