Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

images
  • प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाका चार समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज दिउसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, अर्थसचिव, कानुन मन्त्रालयको सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आज बिहान ११ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । छलफलमा महिला, बालबालिकामन्त्री र सचिव, गृहसचिव, कानुन सचिव, नेपाल प्रहरीका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

    आज बिहान ११ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

    त्यसैगरी दिउसो २ बजेदेखि शुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफलको कार्यसूची रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।