Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीको अस्लेवामा ड्र्यागन फ्रुट र एभोकाडोको व्यवसायीक खेती गर्दै तुल्सीराम 

गुल्मीको अस्लेवामा ड्र्यागन फ्रुट र एभोकाडोको व्यवसायीक खेती गर्दै तुल्सीराम 

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको अस्लेवामा ड्र्यागन फ्रुट र एभोकाडोको व्यवसायीक खेती गर्दै तुल्सीराम 
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवाकाे वाटक टाेलका तुल्सीराम पाण्डे जन्मठाउँ भने पछि हुरुक्कै हुन्छन । उनलाई मुटुभरि बाबुबाजेकाे विरासत गाउँकाे माटाेकाे जातिबिद्दि मायाँ लाग्छ र गाउँकाे माटाे बसाउँछ ।

    images
    images
    images

    उन्नाईस वर्ष खाडि मुलुकमा बिताएका तुल्सीराम पाण्डेले पछिल्लो समय शहरमा बस्ने भनेर बुटवलमा घडेरि किने घर बनाए, वैदेशिक राेजगारीबाट फर्केपछि १ वर्ष एक सपरिवार उतै बटौलि तिर पनि बसे तर शहर उनका लागि झ्यालखान जस्ताे भयाे ।

    images
    images
    images

    "एकवर्ष त जेनतेन बटौलि बसियाे, मनले कतिबेला गाउँ फर्कम भयाे, शहर त रहर मात्रै रैछ न केहि काम न धाम, शहरकाे बसाई छाडेर बुढि र म गाउँ फर्क्याौँ र यतिबेला गाउँमै बस्छु"  तुल्सीरामले भने ।

    images
    images
    images

    गुल्मीकाे अस्लेवाकाे जग्गा त्यसै पनि अव्वल, जे लगाए पनि जे खेति गरेपनि हुने यतिबेला तुल्सीरामले करिब दस राेपनि जग्गामा ड्र्यागन फ्रुट र एभाेकाडाे जातकाे फलफुलकाे व्यवसायीक खेति शुरु गरेका छन ।

    अस्लेवा खैरेनी सडकखण्डभन्दा माथि वाटक भन्ने ठाउँमा तुल्सीराम पाण्डेकाे पौरख देख्न सकिन्छ ।
    उनले सम्माे खेतमा पाँच सय बाेट ड्र्यागन फ्रुट र करिब दुई सय बाेट एभाेकाडाेका बिरुवा लगाएर व्यवसायीक खेति शुरु गरेका छन ।

    त्यसाे त पानी प्रसस्त छ, तरकारी खेति पनि हुन्छ तर ड्र्यागन फ्रुट र एभाेकाडाे मेराे व्यवसायीक खेति हाे पाण्डेले भने ।

    एउटा ड्र्यागन फ्रुटकाे बिरुवालाई सैतिस रुपैयाँमा खरिद गरेका उनले याे बिरुवा खरिद लगाउने चाँजाेपाँजाे मिलाउन सातलाख लगानी गरेका छन तर यत्तिले मात्र मन मानेकाे छैन । दाङमा यहि खेति गरिरहेका  पुर्व माओवादी नेता लाेकेन्द्र विष्टसँग सम्पर्क गरेर अझै हजार बाेट ड्र्यागन फ्रुट लगाउने बिचार उनले गरेका छन । 'दाङमा राम्रो बिरुवा पाईन्छ भन्ने सुनेकाे छु, अब त्यहिँकाे बिरुवा ल्याउने हाे' पाण्डेले भने ।

    बजारमा ६ सय रुपैयाँ किलाे बिक्री हुने ड्र्यागन फ्रुट र पाँच सय रुपैया किलाे बिक्री हुने एभाेकाडाेकाे बजारमा माग पनि छ र उत्पादन दिन थालेपछि बुटवल पाेखरा र काठमाडौकाे बजारमा पुर्याउने उनकाे लक्ष छ ।

    केही महिना शहर बसेर रहर पुर्‍याएकि तुल्सीराम पाण्डेलेकि जीवन संगिनी गाेमा पाण्डेलाई पनि श्रीमानसँग गाउँमै कुटाे काेदालाे गर्न रस लागेको छ । श्रीमानकाे पौरखतामा साथ दिँदै शहरबाट फेरि गाउँ फर्केकि गाेमालाई पनि गाउँ फर्कन परेकाेमा कुनै गुनासाे छैन । 


    यतिबेला सुखकाे खाेजिमा शहर पसेर गाउँ बिर्सनेहरु धेरै छन । तर तुल्सीराम पाण्डे विदेश तिर पनि बसे, शहर तिर पनि बसे तर सबैभन्दा मज्जाकाे जिन्दगी  गाउँमै हुने अनुभुति फर्केर अस्लेवाकाे वाटकमा पौरखि पाखुरा बजार्दै समृद्ध खाेजिरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।