Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

images
  • स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने
    images
    images

    काठमाडौं । स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटना नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति' पुनः सक्रिय बनाउने प्रक्रिया अघि बढाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६' को दफा ५ बमोजिम गठन भएको उक्त समितिलाई नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानमा प्रभावकारी रूपमा परिचालन गरिनेछ । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गर्ने, सुरक्षा नीतिसम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने तथा सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ र अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ । अदालतको फैसलाअनुसार क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ ।

    images
    images
    images

    समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बाह्रौँ तहको कर्मचारी रहने व्यवस्था छ भने सम्बन्धित महाशाखा प्रमुख उपाध्यक्ष हुनेछन् । समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधि सदस्य रहने कानुनी व्यवस्था छ । मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्य–सचिव रहनेछन् ।

    हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग बढिरहेका बेला मन्त्रालयले निष्क्रिय रहेको समितिलाई सक्रिय बनाएर तत्काल देखिएका समस्या समाधान तथा आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।