Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

गेटा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरि सञ्चालनमा ल्याउनुपर्छ- पूर्व स्वास्थ्यमन्त्री पौडेल

गेटा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरि सञ्चालनमा ल्याउनुपर्छ- पूर्व स्वास्थ्यमन्त्री पौडेल

images
  • गेटा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरि सञ्चालनमा ल्याउनुपर्छ-  पूर्व स्वास्थ्यमन्त्री पौडेल
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालय) प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल ३०० शय्याको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गरे न्यून लागतमै अस्पतालको स्तरोन्नति सम्भव हुने बताएका छन् ।

    images
    images
    images

    उनले आफू स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रहेका बेला गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्न आर्थिक वर्ष २०८२/८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको उल्लेख गरेका छन् । त्यसबेला केही पक्षले वस्तुस्थिति नबुझी विरोध गरे पनि अस्पतालको क्षमता विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा भएको उनको भनाइ छ ।

    images
    images
    images

    पौडेलले डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रह पनि दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताएका छन् ।

    उनले विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र उचित विकल्प भएको बताएका छन् ।

    पौडेलका अनुसार अस्पतालको क्षमता नबढाई न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन सुरु गर्न सम्भव हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गेटा अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।