Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको शताब्दीकै ठुलो सम्बन्धविच्छेद !

दक्षिण कोरियाको शताब्दीकै ठुलो सम्बन्धविच्छेद !

images
  • दक्षिण कोरियाको शताब्दीकै ठुलो सम्बन्धविच्छेद !
    images
    images

    काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले देशको प्रमुख औद्योगिक समूह एसके समूहका अध्यक्ष चेय ते वनलाई उनकी पूर्वपत्नी रो सो योङलाई ९४४ अर्ब वन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) उपलब्ध गराउन आदेश दिएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले यस मुद्दालाई ‘शताब्दीकै सम्बन्धविच्छेद’ को संज्ञा दिएका छन् ।

    images
    images
    images

    यो रकम अझ अन्तिम रूपमा अनुमोदन हुन बाँकी छ । यसअघि सन् २०२४ मा अदालतले चेयलाई पूर्वपत्नीलाई १ खर्ब ३८ अर्ब वन दिन आदेश दिएको थियो । तर, पछिल्लो आदेशमा क्षतिपूर्तिको रकम घटाइएको हो । चेय र रोको ३५ वर्ष लामो वैवाहिक सम्बन्ध चेयले अर्की महिलासँग सन्तान जन्माएको तथ्य सार्वजनिक भएपछि टुटेको थियो । रो दक्षिण कोरियाका पूर्वराष्ट्रपति रो ते उकी छोरी हुन् ।

    images
    images
    images

    अदालतको आदेशपछि चेयका कानुनी प्रतिनिधिले सम्बन्धविच्छेदको प्रक्रियाले धेरै मानिसलाई चिन्ता दिएको भन्दै अध्यक्ष चेय दुःखी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले अदालतको पूर्ण फैसला अध्ययन गरेपछि थप धारणा सार्वजनिक गर्ने बताएका छन् ।

    images
    images
    images

    एसके समूह दक्षिण कोरियाका पारिवारिक स्वामित्वमा रहेका ठूला औद्योगिक समूहहरूमध्ये एक हो । यसअन्तर्गतको एसके हाइनिक्स विश्वप्रसिद्ध अर्धचालक उत्पादक कम्पनी हो, जसले एनभिडियालाई चिप आपूर्ति गर्छ । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै एसके हाइनिक्सको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।

    गत मे महिनामा एसके हाइनिक्सको बजार मूल्य दक्षिण कोरियाली सेयर बजारमा पहिलो पटक १ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो । त्यससँगै एसके समूह र अध्यक्ष चेयको व्यावसायिक प्रभाव पनि थप बढेको थियो ।

    यसअघि सन् २०२४ को सुनुवाइमा रोका कानुनी टोलीले चेयको व्यापारिक सफलतामा उनका पिता तथा सन् १९८८ देखि १९९३ सम्म दक्षिण कोरियाका राष्ट्रपति रहेका रो ते उको ठूलो सहयोग रहेको दाबी गरेका थिए ।

    त्यतिबेला अदालतले सन् १९९१ मा रो ते उले आफ्नो गोप्य कोषबाट चेयलाई ३० अर्ब वन उपलब्ध गराएको निष्कर्ष निकाल्दै पूर्वपत्नीको पक्षमा १ खर्ब ३८ अर्ब वन दिने आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले उक्त रकम अवैध रूपमा प्राप्त भएको ठहर गर्दै त्यसलाई दम्पतीको संयुक्त सम्पत्तिको हिस्सा मान्न नमिल्ने फैसला गरेको थियो ।

    यो मुद्दाले दक्षिण कोरियामा व्यापक चर्चा पाएको छ । सन् १९५३ मा कपडा उद्योगका रूपमा स्थापना भएको एसके समूह अहिले दूरसञ्चार, ऊर्जा, सूचना प्रविधि तथा अर्धचालक उद्योगलगायत विभिन्न क्षेत्रमा फैलिएको दक्षिण कोरियाको दोस्रो ठूलो औद्योगिक समूह बनेको छ। पहिलो स्थानमा सामसुङ समूह रहेको छ ।

    गत महिना दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले कृत्रिम बौद्धिकता क्षेत्रमा गरिएको ठूलो लगानी योजनाको घोषणा गर्दै चेय ते वन र सामसुङका अध्यक्ष ली जेयोङलाई 'कोरियाली जनताका नायक' भनेर प्रशंसा गरेका थिए ।

    यसैबीच, एसके समूहले न्यूयोर्कमा भएको आफ्नो सेयर निष्कासनमार्फत २६ अर्ब ५० करोड अमेरिकी डलर संकलन गर्दै अमेरिकामा कुनै पनि विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सेयर निष्कासनको कीर्तिमान पनि कायम गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।