Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

कांग्रेसको ‘नेपाली कांग्रेस फर नेसनल कज' अभियानको शुभारम्भ

कांग्रेसको ‘नेपाली कांग्रेस फर नेसनल कज' अभियानको शुभारम्भ

images
  • कांग्रेसको ‘नेपाली कांग्रेस फर नेसनल कज' अभियानको शुभारम्भ
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको शुभारम्भ गरेको छ । नेपाली काँग्रेसका सभापति गगन थापाले विहिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको सुरु गर्दै नागरिकको कल्याण र अधिकारका पक्षमा केन्द्रित भएर काम गर्ने बताएका हुन ।

    images
    images
    images

    सभापति थापाले भने- ‘हामीले पार्टीको महासमिति बैठकबाट प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक काम र ५० प्रतिशत काम बृहत्तर समुदायका लागि गर्नुपर्ने निर्णय गरेका छौं। विशेष महाधिवेशनबाट राष्ट्रिय पुनर्जागरण अभियान पारित गरेका छौं । यही पृष्ठभूमिमा बीपीलाई स्मरण गर्दै जरा अभियान सम्पन्न गरी आजदेखि ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान प्रारम्भ गरेका छौं। यसको साझा उद्देश्य नागरिकको कल्याणमा काम गर्नु र नागरिकको हकको पक्षमा उभिनु हो ।’

    images
    images
    images

    उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकको पीडा सुन्नु र त्यसमा साथ दिनुलाई राजनीतिको मूल जिम्मेवारीका रूपमा लिएको स्मरण गर्दै भने-‘बीपीको लागि नागरिकको कुरा सुन्ने कुरा कुनै अतिरिक्त काम थिएन, यो त राजनीतिको मूल काम थियो। बीपी कोइरालाका निम्ति जहाँ जनताको दुःख छ, त्यो दुःखमा नपुग्ने कांग्रेस, कांग्रेस नै होइन। भोट मात्र माग्ने कांग्रेस कसरी कांग्रेस हुन्छ? दुःखको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। पीडाको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। बीपी कोइरालाका निम्ति यही सबैभन्दा ठूलो कुरा थियो।’

    images
    images
    images

    थापाले कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै समाजसेवालाई पनि प्राथमिकता दिने नीति पारित गरिसकेको समेत उल्लेख गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।