देवदह । सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले बिहिवारबाट आधुनिक ‘आईएनजी लर्निङ मेथड’ मार्फत पठनपाठन सुरु गरेको छ।
विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा प्रबन्ध निर्देशकको सहमतिमा लागू गरिएको यस नवीन शिक्षण प्रणालीअन्तर्गत अबदेखि दैनिक तीन वटा कक्षा ‘स्मार्ट बोर्ड’को माध्यमबाट सञ्चालन हुनेछन् । जसले पठनपाठनलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित बनाउने विद्यालयले जनाएको छ।
आधुनिक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सिकाइलाई अझ अन्तरक्रियात्मक, रुचिकर, व्यवहारिक तथा प्रभावकारी बनाउने लक्ष्य लिएको विद्यालयका प्रिन्सिपल टिकाराम चापागाईंले बताए ।
यस शिक्षण पद्धतिले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने समेत चापागाईंले विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology