Logo

२०८३, श्रावण २७गते


images
images

कर्णाली प्रदेश

कर्णालीमा एमालेविरुद्ध नेकपा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

कर्णालीमा एमालेविरुद्ध नेकपा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

images
  • कर्णालीमा एमालेविरुद्ध नेकपा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
    images
    images

    सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।  

    images
    images
    images

    कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ । 

    images
    images
    images

    केन्द्रमा नेकपा एमाले-नेकपाबीच नयाँ समीकरण बनेको चर्चा चलिरहेको बेला कर्णालीमा भने नेकपाले आफ्नो अडान कायम राख्दै एमालेविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । यस अघि काँग्रेस संसदीय दलले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  

    ४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।

    आज बस्ने प्रदेश सभाको बैठकमा अविश्वासको प्रस्तावमा छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।