Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

औषधि लिमिटेडमा सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन

औषधि लिमिटेडमा सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन

images
  • औषधि लिमिटेडमा सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन
    images
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै उत्पादन क्षमता, संस्थाको वर्तमान अवस्था तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् । बबरमहलस्थित लिमिटेडमा भएको अनुगमनमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत उच्च अधिकारी पनि सहभागी थिए।

    images
    images
    images

    अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै औषधि देशभर पुर्‍याउन आवश्यक सवारीसाधनको अभाव रहेको बताए । जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरण प्रभावित भएको उनको भनाइ थियो । त्यसपछि मन्त्री यादवले मन्त्रालयका सचिवलाई आवश्यक सवारीसाधनको तत्काल व्यवस्था गर्न निर्देशन दिइन् ।

    images
    images
    images

    महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको जानकारी पनि मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । त्यसप्रति खुशी व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।

    images
    images
    images

    उनले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफ्नै आम्दानीबाट धान्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उत्पादन वृद्धि, सेवा विस्तार र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिइन् ।

    कार्यक्रममा लिमिटेडमा आवश्यक जनशक्तिको अभावका कारण अत्यावश्यक औषधिको उत्पादनसमेत प्रभावित भइरहेको विषय पनि उठाइएको थियो । त्यसमा मन्त्री यादवले आवश्यक कर्मचारी व्यवस्थापनसहित संस्थाले उठाएका समस्याको समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # औषधि लिमिटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।