Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

images
  • सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
    images
    images

    सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images

    सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

    images
    images
    images

    गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन् ।

    images
    images
    images

    घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।