Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कांग्रेसले 'मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी परिवारलाई सहयोग गर्ने

कांग्रेसले 'मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी परिवारलाई सहयोग गर्ने

images
  • कांग्रेसले 'मानव सहायता कल्याण कोष’ मार्फत विस्थापित सुकुमवासी परिवारलाई सहयोग गर्ने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा बोल्दै कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको घोषणा गरेका हुन् ।

    images
    images
    images

    सभापति थापाले कोषयमा हाल १० लाख रुपैयाँ जम्मा भएको जानकारी दिदै सो रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न खर्च गरिने बताए ।

    images
    images
    images

    उनले कोषको रकम परिचालन नेपाल महिला संघ मार्फत हुने बताउदै महिला संघका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने र सहयोग वितरण गर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा सहभागीको संख्या अपेक्षाभन्दा बढी हुँदा व्यवस्थापन राम्रो नभएको गुनासोप्रति सभापति थापाले कमजोरी स्वीकार गर्दै आगामी कार्यक्रमलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।