Logo

२०८३, आश्विन ९गते


images
images

आर्थिक

च्याम्बर र स्पेन वाणिज्य महासंघबीच व्यापार र लगानी विस्तारमा सहकार्य गर्ने सहमति

च्याम्बर र स्पेन वाणिज्य महासंघबीच व्यापार र लगानी विस्तारमा सहकार्य गर्ने सहमति

images
  • च्याम्बर र स्पेन वाणिज्य महासंघबीच व्यापार र लगानी विस्तारमा सहकार्य गर्ने सहमति
    images
    images

    काठमाडौँ । नेपाल च्याम्बर अफ कमर्श र स्पेन उद्योग वाणिज्य महासंघबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

    images
    images
    images

    स्पेन उद्योग वाणिज्य महासंघकी महानिर्देशक इनमाकुलादा रिएरा ई रेनेसको नेपाल भ्रमणका क्रममा भएको भेटवार्तामा दुई पक्षबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको हो ।

    images
    images
    images

    छलफलमा सन् २०२६ को अन्त्य वा २०२७ को सुरुआतसम्म दुई महासंघबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने, साथै सन् २०२७ को फेब्रुअरी–मार्चमा स्पेनका व्यवसायीहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा ल्याई व्यवसायिक मञ्च आयोजना गर्ने तयारीबारे पनि सहमति भएको छ ।

    images
    images
    images

    दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य तथा स्मार्ट सहरलगायत क्षेत्रमा सहकार्य बढाउने, नेपाली वस्तुको स्पेनमा निर्यात प्रवर्द्धन गर्ने र डिजिटल व्यापारमार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि जोड दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्बर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।