Logo

२०८३, श्रावण २७गते


images
images

सवारी

राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी आवागमन बन्द

राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी आवागमन बन्द

images
  • सेतोमसी सहकर्मी
  • राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी आवागमन बन्द
    images
    images

    काठमाडौँ । लगातार वर्षा र बाढी-पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा रातिको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको जनाएको हो ।

    images
    images
    images

    कार्यालयका अनुसार धादिङसहित छिमेकी जिल्लाहरू र चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको तथा आगामी केही समय वर्षा अझै बढ्ने मौसम पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना र बाढी–पहिरोको जोखिम उच्च रहने भएकाले यस्तो निर्णय गरिएको हो ।

    images
    images
    images

    प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई उक्त निर्णयको पालना गर्न, यात्रा अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा अर्को सूचना जारी नभएसम्म रातिको यात्रा नगर्न आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी
  • # सडक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।