Logo

२०८३, आश्विन ९गते


images
images

किन बन्दैछ यो देश भष्ट्राचारी र बलत्कारीहरू फुल्ने बगैंचा ?

किन बन्दैछ यो देश भष्ट्राचारी र बलत्कारीहरू फुल्ने बगैंचा ?

images
  • सेतोमसी सहकर्मी
  • किन बन्दैछ यो देश भष्ट्राचारी र बलत्कारीहरू फुल्ने बगैंचा ?
    images
    images

    १२ वटा फुलमा ओथारो बसेको पोथीले ०९ वटा चल्ला निकाले पनि हामी नेपाली खुशी हुन्छौ । तीनवटा फुलबाट किन चल्ला निस्किएन ठुला खोजी गर्दैनौ । त्यहि नौ वटा चल्लालाई मायाँ गर्छौ । त्यहि माऊलाई मायाँ गर्छौ जोगाऊछौ र हुर्काई रहेका हुन्छौ । यस्तो मैले पनि गर्छु । हामी सबैले गर्छौ । हामी नेपाली शतप्रतिशत परिणाम पाऊन त्यति धेरै महत्वकांक्षी हुँदैनौ । हाम्रो मन-मुटु विशाल हुन्छ भन्ने यो एऊटा गाउँघरको जवलन्त उदाहरण हो ।
                 
    वर्तमानमा देशका प्रमुख वा आज घरमुली केपी ओली हुन वहाले केहि राम्रो गर्लान भनेर सिङगो देश वहाको मौन समर्थनमा बसेर हेरिरहेको थियो । नियुक्ति सङ्गै राजा विरेन्द्रको सपना नेपाली झन्डा सहितका समुन्द्रमा पानी जहाज देखि चाईनामा भर्खरै आएका मेट्रो रेलका कुरा फुरे हामी नेपाली पनि सुन्निएर भैपनि मोटाएको अनुभव भयो । 

    images
    images
    images

    एकाएक मुल पिक्चरको पर्दा खुल्यो । हामी झसङ्ग भयौ । बल्ल चाल पाईयो । हामी त फगत सुन्निएका पो रहेछौ । वास्तवमा त हामी त उस्तै निर्बल र दुब्ला ख्याऊटे नै पो रहेछौ । अझ भनौ, हामी अझै बढी दुर्वल र निरही बन्दै गैरहेका रहेछौ ।

    images
    images
    images


    देश उत्साहित थियो । विदेशी लगानी भित्र्याई उत्पादन बढाऊने दिशातिर देश कोल्टे पर्ने लागेको थियो जसको उदाहरण दक्षिण कोरियाको मारूती कम्पनी आऊने कुरा थियो । त्यस्तै अनेक नेपालमा लगानीको वातावरण बने आऊछौ । कलकारखाना निर्माण गर्छौ भनिरहेको न्युज पढन पाईन्थ्यो । र, हामी अझै बढी सुन्निएर भैपनि मोटाए कै थियौ ।

    images
    images
    images

    यदाकदा स्वदेश फर्क । अब परदेशी युवा भन्ने माहौल करिब करिब बन्न लाथ्यो । देशको स्वाभिमान र देश अब उत्पादनमा परनिर्भर होईन आत्मनिर्भर बन्नु पर्छ भन्ने झिल्का हल्का नै सहि तर देखापर्न थालिसकेका थिए । 

    त्यति बेला देशमा स्थिर सरकार थियो र प्रतिपक्षी मा अनुभवी दल थियो ,मौन थियो।

    तर बिडम्बना एकाएक पहिरो झर्यो वा भनौ एकाएक मुल पिक्चरको पर्दा खुल्यो । हामी झसङ्ग भयौ । बल्ल चाल पाईयो । हामी त फगत सुन्निएका पो रहेछौ । वास्तवमा त हामी त उस्तै निर्बल र दुब्ला ख्याऊटे नै पो रहेछौ । अझ भनौ, हामी अझै बढी दुर्वल र निरही बन्दै गैरहेका रहेछौ । जब मच्चियो पदिय लडाई जब शुरू हुन थाले विश्वासघातका खेलहरू, तानातान र हानाहान गर्दै आए जनता सामु बिना कपडाका नाङगे राता मान्छेहरू.... । छि…छि …छि…  घिन लाग्दा राताका भेषमा काला निला फोहरले लटपटिएका पातिएर तातिएका मान्छेहरू.... । 

    सोचेनन् तिनले देशलाई न त सम्झिए च्याऊरी परेका नागरिक । मात्रै सम्झिए आफुलाई सर्वैसर्वा । वरिपरीका बसेर भजन मन्डली बने तिनको जनमन गाउँदैछ । आज पनि अनेकौ भाकामा गितहरू । नाङ्गै छन, र पनि बहुमुल्य वस्त्रमा सजिएर भजन मन्डली पिटदैछन ताली नगलाई ति हातहरू । किन बन्दैछ भष्ट्राचारी र बलत्कारीहरू फुल्ने बगैचा । मेरो देश कतातिर जादैछ ? यदि छौ मनदेखि नै हामी नेपाली सोधी र खोजी गरौ आजैदेखि ।

    ✍️ संघर्ष बिश्वकर्मा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघर्ष बिश्वकर्मा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।