नवलपरासी । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावकको मृत्युमा मासिक आय लाभ प्रदान गरेको छ । बर्दघाट नगरपालिका ९ निवासी उमाशन्कर गिरिले आफ्नी छोरीको जीवन बिमा सुर्या लाइफबाट गराएको र उनको मृत्यु भएकोले छोरी कृतीज्ञा गिरिलाई मासिक आय लाभ प्रदान गरिएको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीकी परासी शाखा प्रबन्धक सानुमाया भट्टराईले जानकारी दिईन् ।
भट्टराईका अनुसार गिरिले ३ लाख बराबरको बिमाङ्क रकम रहेको जीवन बिमामा छोरीको प्रस्तावक बस्नु बसेकी थिइन् र अहिले प्रस्तावकको दुर्घटनामा परि निधन भएकोले बिमाङ्क रकमको १ प्रतिशतले हुन आउने रकम ३ हजार प्रती महिना प्रदान गरिने उनले बताइन् ।
अहिले तीन महिनाको एकमुष्ट रकम ९ हजार रुपैया माछापुच्छ्रे बैंकको चेकबाट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology