Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दै

images
  • आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज दिउसो १ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलको कार्यसूची रहेको छ । छलफलमा अर्थमन्त्री, अर्थ सचिव, कानुन सचिव र राष्ट्र बैंकका प्रतिनिधिहरुलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यसैगरी विहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ । छलफलमा आदिवासी जनजाति आयोगका अध्यक्ष र सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव, विज्ञहरू डा. गोविन्द टण्डन, सोम धिमाल, निलकमल चापागाईं र भिम नेपाल तथा यूनेस्को नेपालका प्रतिनिधिलाई बोलाइएको छ ।

    images
    images
    images

    त्यस्तै दिनको १२ बजेदेखि बस्ने गरि वोलाइएको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन  रणनीति बारे छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहान ११ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय समावेशीआयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।