Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

पार्किङमा राखिएको ट्याक्टर गुडेर दुर्घटना, बालकको मृत्यु

पार्किङमा राखिएको ट्याक्टर गुडेर दुर्घटना, बालकको मृत्यु

images
  • पार्किङमा राखिएको ट्याक्टर गुडेर दुर्घटना, बालकको मृत्यु
    images

    बुटवल । प्युठानको नौबहिनी गाउँपालिका-०५ डामृ स्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए ।

    images
    images
    images

    दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको छ भने अर्का घाइते पारस बुढालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

    images
    images

    ट्याक्टर चालक नौबहिनी गाउँपालिका-५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।