Logo

२०८३, आश्विन ९गते


images
images

देवदह इङ्गलिस बोर्डिङ हाई स्कूलमा अभिभावक–विद्यालय अन्तरक्रिया कार्यक्रम

देवदह इङ्गलिस बोर्डिङ हाई स्कूलमा अभिभावक–विद्यालय अन्तरक्रिया कार्यक्रम

images
  • देवदह इङ्गलिस बोर्डिङ हाई स्कूलमा अभिभावक–विद्यालय अन्तरक्रिया कार्यक्रम
    images
    images

    देवदह । रुपन्देहीस्थित देवदह इङ्गलिस बोर्डिङ हाई स्कूलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभिभावक–विद्यालय अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ।

    images
    images
    images

    अभिभावकहरूसँग विद्यार्थीहरूको शैक्षिक अवस्था, सिकाइ उपलब्धि, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा घर–विद्यालयबीचको सहकार्यका विषयमा छलफल गर्न कक्षागत रूपमा कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रम अनुसार प्ले ग्रुपदेखि यू.के.जी.सम्मका विद्यार्थीका अभिभावकहरूसँग २०८३ साल असार २६ गते, कक्षा १ देखि ३ सम्मका अभिभावकहरूसँग असार २८ गते, कक्षा ४ र ५ का अभिभावकहरूसँग  असार २९ गते तथा कक्षा ६ र ७ का अभिभावकहरूसँग २०८३ साल असार ३० गते अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख प्रशिक्षक तथा विद्यालयका संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावक र विद्यालयबीचको नियमित सहकार्य अपरिहार्य रहेको बताए । उनले घरको वातावरण र विद्यालयको शैक्षिक गतिविधिबीचको समन्वयले विद्यार्थीको सिकाइ उपलब्धिमा महत्वपूर्ण प्रभाव पार्ने धारणा व्यक्त गरे ।

    कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य मनोज कुमार गैरे ले गरेका थिए । उनले अभिभावकहरूको सुझाव र प्रतिक्रियाले विद्यालयलाई अझ गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न प्रेरणा मिल्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

    विद्यालयका सह–प्राचार्य मन बहादुर क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावकहरूले विद्यार्थीहरूको अध्ययन–अध्यापन, व्यवहारिक शिक्षा, अनुशासन तथा प्रविधिमैत्री शिक्षण प्रणालीका विषयमा आफ्ना सुझाव तथा जिज्ञासाहरू राखेका थिए ।

    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको शैक्षिक प्रगति तथा समग्र विकासका विषयमा देखाएको चासो र पहलको प्रशंसा गर्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।