Logo

२०८३, आश्विन ९गते


images
images

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

images
  • नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
    images
    images

    काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा (रियल–टाइम)प्राप्त गर्न सक्ने भएका छन् ।

    images
    images
    images

    यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी,पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरिक एप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।