Logo

२०८३, आश्विन ९गते


images
images

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

images
  • बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
    images
    images

    बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका धेरैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार आगलागी भएको जानकारी राति अबेर प्राप्त भएको थियो । उत्तरी बैंककस्थित पबको मुख्य प्रवेशद्वारबाट आगोका ठूला लप्काहरू निस्किएको थियो । आगलागीका कारण आकाशभरि बाक्लो कालो धुवाँ फैलिएको थियो ।

    images
    images
    images

    थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नवीरकुलले घटनास्थलमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीमा २७ जनाको मृत्यु भएको पुष्टि गरे, घटनामा कम्तिमा १८ जना घाइते भएका छन् । उनका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताए ।

    images
    images
    images

    दमकलकर्मीहरूले करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका मेच, कुर्सी र अन्य संरचना पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको देखिएको छ ।

    अधिकारीहरूले मृतक र घाइतेहरूको पहिचान गर्ने काम जारी राखेका छन् भने घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् ।

    थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक सङ्गीत पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को जनवरी १ मा बैंककको एक रात्रिकालीन मनोरञ्जनस्थलमा नयाँ वर्षको समारोहका क्रममा आगलागी हुँदा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए। उक्त घटनाको कारण भित्री क्षेत्रमा गरिएको आतसबाजीलाई मानिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।