Logo

२०८३, आश्विन १०गते


images
images

राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने

राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने

images
  • राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने
    images
    images

    काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निणर्य गरेको हो ।

    images
    images
    images

    विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो ।

    images
    images
    images

    त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने आज जनाएको हो । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी विभाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।