Logo

२०८३, आश्विन ९गते


images
images

ह्वाइट हाउसको ऐतिहासिक संरचनाको व्यापक पुनःसंरक्षण, डेढ शताब्दीपछि स्तम्भहरूको मर्मत गरिदै

ह्वाइट हाउसको ऐतिहासिक संरचनाको व्यापक पुनःसंरक्षण, डेढ शताब्दीपछि स्तम्भहरूको मर्मत गरिदै

images
  • ह्वाइट हाउसको ऐतिहासिक संरचनाको व्यापक पुनःसंरक्षण, डेढ शताब्दीपछि स्तम्भहरूको मर्मत गरिदै
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ऐतिहासिक संरचनाको संरक्षण र सौन्दर्य अभिवृद्धिलाई प्राथमिकता दिँदै व्यापक पुनःसंरचना अभियानलाई तीव्रता दिएका छन् ।

    images
    images
    images

    यसअन्तर्गत ह्वाइट हाउसको प्रमुख प्रवेशद्वारका रूपमा परिचित ऐतिहासिक नर्थ पोर्टिकोका स्तम्भहरूको मर्मत तथा संरक्षण कार्य सुरु गरिएको छ । करिब १५० वर्षदेखि जम्दै आएको रङको तह हटाएर मूल ढुंगाको संरचनालाई सुरक्षित राख्ने काम भइरहेको छ ।

    images
    images
    images

    अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार पुनःसंरचनाको मुख्य उद्देश्य ह्वाइट हाउसको ऐतिहासिक पहिचान, मौलिक वास्तुकला र सांस्कृतिक सम्पदालाई अक्षुण्ण राख्दै यसको आकर्षणलाई थप सुदृढ बनाउनु हो । प्रशासनले भवनका पुराना स्तम्भ, बाहिरी भाग, उद्यान तथा अन्य ऐतिहासिक संरचनाको संरक्षण परम्परागत निर्माण शैलीअनुसार गरिरहेको जनाएको छ, ताकि भवनको मौलिक स्वरूप र ऐतिहासिक गरिमा जोगाइराख्न सकियोस् ।

    images
    images
    images

    मर्मतका क्रममा आधुनिक प्रविधि र संरक्षण विधिको प्रयोग गरिए पनि भवनको ऐतिहासिक स्वरूपमा कुनै असर नपर्ने विषयमा विशेष ध्यान दिइएको छ । नर्थ पोर्टिको क्षेत्रमा अहिले ठूलो परिमाणमा अस्थायी संरचना निर्माण गरी विज्ञहरूको टोलीले ढुंगाको अवस्था परीक्षण, सफाइ तथा आवश्यक मर्मतको काम गरिरहेको छ ।

    राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको हरेक सानो-ठूलो कमजोरीमा आफूले प्रत्यक्ष चासो दिने बताएका छन् । उनका अनुसार अघिल्ला प्रशासनहरूले भवनको संरक्षणमा पर्याप्त ध्यान नदिएकाले अहिले आवश्यक मर्मत गर्नुपरेको हो । उनले ऐतिहासिक भवनको संरक्षणलाई सरकारको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको पनि उल्लेख गरेका छन् ।

    अमेरिकी गृहमन्त्री डग बर्गमका अनुसार राष्ट्रपति ट्रम्प भवनका सानातिना क्षति वा चिरासमेत तत्कालै देख्ने र त्यसको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिने गर्छन् । उनले पुनःसंरचनाको काम तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।

    राष्ट्रपति पद सम्हालेयता ट्रम्पले ह्वाइट हाउसका विभिन्न भागमा परिवर्तन गराइसकेका छन् । ओभल कार्यालयमा नयाँ सजावट गरिएको छ भने रुजवेल्ट कक्ष र मन्त्रिपरिषद् कक्षको भित्री संरचनामा पनि सुधार गरिएको छ । त्यसैगरी, ह्वाइट हाउस परिसरभित्र रहेको प्रसिद्ध रोज गार्डेनको एक भागलाई पनि नयाँ स्वरूप दिइएको छ । प्रशासनका अनुसार यी सबै काम ह्वाइट हाउसको ऐतिहासिक महत्व जोगाउँदै भविष्यका पुस्ताका लागि सुरक्षित राख्ने दीर्घकालीन योजनाअन्तर्गत भइरहेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्वाइट हाउस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।