Logo

२०८३, आश्विन ९गते


images
images

क्लव गतिविधि

समिन गैरेको अध्यक्षमा लियो क्लव अफ देवदह पुनर्गठन

समिन गैरेको अध्यक्षमा लियो क्लव अफ देवदह पुनर्गठन

images
  • समिन गैरेको अध्यक्षमा लियो क्लव अफ देवदह पुनर्गठन
    images
    images

    देवदह । लियो क्लब अफ देवदहले लियो वर्ष २०२६-०२७ का लागि समिन गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । क्लवको सचिवालय देवदह ५ बैकुण्ठनगरमा सनिबार सर्वसम्मत रूपमा चयन भएका पदाधिकारी अन्तर्गत प्रथम उपाध्यक्षमा सागर भुसाल र द्वितीय उपाध्यक्षमा अंकिता भण्डारी रहेका छन् ।

    images
    images
    images

    क्लवको पुनर्गठित सचिवमा शोभराज सुवेदी, कोषाध्यक्षमा सम्बृद्धि के.सी., सहसचिवमा प्रितम भुसाल र सहकोषाध्यक्षमा सृष्टि भण्डारी लाई चयन गरिएको छ । यसैरी क्लवको सचेतक (टेल ट्वीसटर)मा सौगात शर्मा, जनसम्पर्क अधिकारी (पिआरओ)मा प्रेम भुर्तेल र मर्यादा पालक (टेमर)मा सविना काफ्ले चयन भएका छन् । क्लवका डाईरेक्टर तथा अन्य पदमा पहिलो बैठकले नियुक्ति गर्ने नवनिर्वाचित अध्यक्ष गैरेले जानकारी दिए ।

    images
    images
    images

    ‘हामी सेवा गर्छौ’ भन्ने भावनालाई आत्मसात् गर्दै युवा नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने उद्देश्य सहित क्लव पुनर्गठन गरिएको मातृ क्लव लायन्स क्लव अफ देवदहका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै लायन्स क्लव अफ देवदहका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेलले संघसंस्थामा हुने नेतृत्व हस्तान्तरणबाट सबैमा समान सिकाइको अवसर प्राप्त हुने बताए । लायन्स र लियोमा हरेक बर्ष नेतृत्व परिवर्तन हुने भएका कारण आफ्नो कार्यअवधिमा हरेकले आफ्नो जिम्मेवारी बमोजिमको क्षमता देखाउन सक्ने उनले उल्लेख गरे ।

    क्लवका पूर्व अध्यक्ष रामबहादुर गुरुङले लियोहरुमा जोस र जाँगर भरपुर हुने भएकाले त्यसलाई सामाजिक क्रियाकलाप मार्फत समाज विकासमा सदुपयोग गर्न सक्नुपर्ने बताए । युवाहरु नयाँ नयाँ सिर्जना गर्न माहिर हुने भन्दै उनले त्यस्ता सिर्जनाहरु मार्फत आफुलाई स्थापित गर्दै लैजान लियो सदस्यहरुलाई आग्रह गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।