Logo

२०८३, आश्विन ९गते


images
images

फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी

फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी

images
  • फेसबुक र इन्स्टाग्रामको डिजाइनबारे युरोपेली सङ्घको आपत्ति, मेटामाथि कारबाहीको चेतावनी
    images
    images

    काठमाडौँ । युरोपेली सङ्घले मेटामाथि फेसबुक र इन्स्टाग्रामको डिजाइन प्रयोगकर्तालाई लामो समयसम्म सामाजिक सञ्जालमा अल्झाइराख्ने गरी बनाएको आरोप लगाएको छ । 

    images
    images
    images

    युरोपेली आयोगले अनन्त स्क्रोल, आफैँ चल्ने भिडियो, प्रयोगकर्ताको रुचिअनुसार निरन्तर सामग्री देखाउने प्रणाली र बारम्बार आउने सूचना सन्देशजस्ता सुविधा प्रयोगकर्तालाई लगातार सामग्री हेर्न प्रेरित गर्ने भन्दै ती सुविधामा परिवर्तन गर्न मेटालाई निर्देशन दिएको छ ।

    images
    images
    images

    आयोगले विशेषगरी बालबालिका र किशोरकिशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यमा यस्ता सुविधाले पार्ने असरको पर्याप्त मूल्याङ्कन मेटाले नगरेको जनाएको छ । अभिभावकका लागि उपलब्ध गराइएका नियन्त्रणका सुविधा प्रभावकारी नभएको र सजिलै निष्क्रिय बनाउन सकिने भएकाले बालबालिकाको सुरक्षा पर्याप्त रूपमा सुनिश्चित हुन नसकेको आयोगको निष्कर्ष छ ।

    images
    images
    images

    युरोपेली आयोगले अनन्त स्क्रोल र आफैँ चल्ने भिडियोजस्ता सुविधा स्वतः सक्रिय हुने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई समय-समयमा पर्दाबाट विश्राम लिन प्रेरित गर्ने उपाय अपनाउन सुझाव दिएको छ । साथै सामग्री सिफारिस गर्ने प्रणालीले प्रयोगकर्ताको सक्रियता मात्र होइन, सुरक्षा र हितलाई पनि प्राथमिकता दिनुपर्ने आयोगको भनाइ छ ।

    मेटाले भने ती आरोपसँग पूर्ण रूपमा सहमत नरहेको जनाएको छ । कम्पनीले किशोरकिशोरीको सुरक्षाका लागि ‘टिन एकाउन्ट’ सुविधा लागू गरिएको, जसबाट अभिभावकले रातिको समयमा इन्स्टाग्राम प्रयोग रोक्न र दैनिक पर्दा प्रयोगको समय सीमा निर्धारण गर्न सक्ने जनाएको छ । सन् २०२४ मा डिजिटल सेवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको युरोपेली सङ्घले नियम उल्लङ्घन पुष्टि भए मेटालाई वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना गर्न सक्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेसबुक र इन्स्टाग्राम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।