Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभामा कानुन मन्त्री सोबिता गौतमले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

प्रतिनिधि सभामा कानुन मन्त्री सोबिता गौतमले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

images
  • प्रतिनिधि सभामा कानुन मन्त्री सोबिता गौतमले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन  पेस गर्ने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् र त्यसपछि अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र त्यसपछि अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।